पीएनजीविरुद्धको दोस्रो खेलमा पनि नेपालको हार

पीएनजीविरुद्धको दोस्रो खेलमा पनि नेपालले हार ब्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले क्लिन स्विप गरेको हो ।

नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ८ बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटायो ।

पीएनजीका ओपनर लुगा साइकाले १०२ बलमा १२ चौका र १ छक्कासहित ९० रन जोडे ।

यस्तै रिले हिकारेले ४५ बलमा ३ चौका र २ छक्को मद्दतमा ४७, सिसी बाउले ३८, चाल्र्स अमिनीले ३५, हिरी हिरीले १३, नर्मन भानाउले ११ रन थपे ।

नेपालका सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ सेखले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १४० बलमा ७ चौकासहित १०५ रनको शतकीय इनिङ्स खेले । यस्तै देव खनालले ७२ रन जोडे । ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल शुख्य र अनिल साह एक रनमै आउट भएपछि तेस्रो विकेटको लागि दीपेन्द्र र देवले १२९ रनको साझेदारी गर्दै नेपाली इनिङ्स उकासेका थिए ।

रोहित पौडेल ३५ रन जोडे । ३६ बलमा उनले ३ चौका प्रहार गरे । त्यसबाहेक भीम सार्कीले २६ रन थपे । पवन सर्राफले खाता नै खोल्न सकेनन । आरिफ सेख ४ रनमा आउट भए ।

अन्तिम ओभरमा १६ रन जोड्दै सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गरेका थिए । उनले ९ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest