आइपीएल: चेन्नाईंलाई हराउँदै कोलकत्ताको विजयी सुरुवात, आज दुई खेल

चेन्नाई सुपर किंग्सलाई हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ ।

मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नाईलाई कोलकत्ताले ६ विकेटले हराएको हो ।

वानखडे स्टेडियममा चेन्नाईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

कोलकत्ताका अजिन्का रहानेले ४४, साम विलिङसले २५, श्रेयस एयर २०, नितिश राना २१ तथा भेन्कातेस ऐयरले १६ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए ।

त्यसअघि चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले ५०, रोबिन उथप्पाले २८, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायडुले १५ रन बनाए ।

कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १-१ विकेट लिए ।

आइपीएलमा आज दुई खेल हुनेछन् । ३:४५ बजे हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

७:४५ हुने दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest