त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ ।
उक्त खेलमा जित हात पारे नेपाल शृंखलाको फाइनलमा समेत पुग्नेछ । खेल त्रिवि क्रिकेट १२:३० बजेबाट सुरु हुनेछ ।
शृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
अंकतालिकाको शीर्षमा रहेको नेपाल पीएनजीसँगको जितसँगै फाइनलमा हुनेछ ।
नेपाल २ खेलमा २ जितसहित ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पीएनजीले दुई खेलमा मै हार ब्यहोरेको थियो । टोली पुछारमा छ ।
मलेसिया २ खेलमा १ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
हेड टू हेडमा नेपाल र पीएनजीबीच २ पटक प्रतिस्पर्धा भएका छन् । दुबै टोलीले एक एक खेल जितेका छन् ।