कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
नेपाली टोलिमा एक परिवर्तन गरिकएको छ । कुशल मल्लको स्थानमा आदिल अन्सारीलाई डेब्यू गराइएको छ ।
नेपालको सुरुवाती-११ मा सन्दीप लामिछाने (कप्तान),कुशल भुर्तेल, आदिल अन्सारी, करण केसी, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, दीलिप नाथ, आरिफ शेख र रोहित पौडेल छन् ।
नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
अंकतालिकाको शीर्षमा रहेको नेपाल पीएनजीसँगको जितसँगै फाइनलमा हुनेछ ।
नेपाल २ खेलमा २ जितसहित ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पीएनजीले दुई खेलमा मै हार ब्यहोरेको थियो । टोली पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
हेड टू हेडमा नेपाल र पीएनजीबीच २ पटक प्रतिस्पर्धा भएका छन् । दुबै टोलीले एक एक खेल जितेका छन् ।