टस हारेर ब्याटिङमा नेपाल, सोमपाल बेन्चमा

नेपालले त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा मलेसियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरम सुरु हुने खेलमा नेपालले एक परिवर्तन गरिएको छ ।

सोमपाल कामीलाई आराम दिइएको खेलमा कमलसिंह ऐरीलाई थपिएको छ ।

नेपालको सुरुवाती-११ मा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आसिफ सेख, आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, करण केसी, अभिनाश बोहरा र दीलिप नाथ रहेका छन् ।

लगातार सुरुवाती तीन खेलमा जित हात पार्दै नेपाल फाइनलमा पुगिसकेको छ ।

मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । तर पराजित हुँदा भने रनरेटका आधारमा पपुवा न्युगिनीले नेपालसँग फाइनल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest