मलेसियामाथि नेपालको सानदार जित, फाइनलमा पीएनजीसँग भिड्ने

त्रिवि क्रिकेट मैदानमा जारी टी–२० क्रिकेट शृंखलाको लिगचरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको सानदार जित हात पारेको छ ।

योसँगै नेपालले फाइनलमा पपुवा न्यूगिनीको सामना गर्ने भएको छ । अंकतालिकाको पुछारमा रहँदै मलेसिया भने बाहिरिएको छ ।

नेपालले लिगचरणका चारमध्ये चारवटै खेलमा जित हात पार्यो । ८ अंकसहित शीर्ष स्थानमा रहेर नेपाल र समान २ अंक भएपनि रनरेटमा मलेसियालाई पछि पर्दै अंकतालिकामा दोस्रो स्थानमा रहेको पीएनजीबीच सोमबार फाइनल भिडन्त हुने भएको हो ।

शनिबार नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटियो ।

मलेसियाका वीरनदीप सिंहले सर्वाधिक २४ रन जोडे । यस्तै अहमद फैजले ३३, अमिनाल हाफिजले १८ तथा सायद अजिजले १७ रन थपे ।

नेपालका सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो।

नेपालका लागि दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतमा ११० रन बनाए।

यस्तै रोहित पौडेलले ५१ रनको अर्धशतकीय पारी खेले। ३४ बलमा उनले ५ चौका हिर्काएका थिए।

त्यसबाहेक आसिफ सेखले १८, मोहम्मद आदिल आलमले १४, कुशल भुर्तेलले १२ रन जोडे।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest