🏆 पीएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन

पपुवा न्यूगिनी(पीएनजी)लाई ५० रनले पराजित गर्दै नेपालले कीर्तिपुर मैदानमा भएको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

सोमबार भएको फाइनलमा पीएनजीलाई हराउँदै नेपालले अपराजित रहदै शृंखलाको उपाधि उचालेको हो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ बलमा सबै विकेट गुमाएर १ सय १८ रनमा समेटियो ।

पीएनजीका सेसे बाउले ५९ रन जोडे । उनले ३८ बलमा १ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै चार्ल्स अमिनीले १५ तथा असद भाला र लेगा सिएकाले समान ८-८ रन बनाए ।

Dipendra Singh Airee grabbed four wickets against PNG
Dipendra Singh Airee grabbed four wickets in the Tri-series final against PNG. Photo: CAN/Social

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चे । यस्तै करणले ३ र सन्दीप लामिछानेले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रले ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गरे ।

यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडे ।

ओपनर कुशल भुर्तेलले २५(२२) तथा आसिफ शेखले २९(२९) रन जोडे । आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएर आउट भए ।

प्रतियोगिताको उत्कृष्ट बलर नेपालका कारण केसीलाई प्रदान गरियो । उनले कुल ५ खेलमा १३ विकेट लिए जसमा पीएनजी बिरुद्धको ह्याट्रिक पनि समावेस थियो । सोही खेलमा उनले आफ्नो अन्तर्राष्ट्रिय टी–२०मा सर्बाधिक ५ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान पीएनजीका टोनी उराले प्राप्त गरे । उनले कुल ५ खेलमा १९५.८७को स्ट्राइक रेटले १९० रन बनाए ।

सिरिजको उत्कृष्ट खेलाडि नेपालका दीपेन्द्र सिंह ऐरीलाई घोषित गरियो । उनले ब्याटबाट ५ खेलमा २५५ रन बनाए भने बलिङ तर्फ ७ विकेट लिए । मलेशिया बिरुद्ध ११०ंरनको शतकिय पारी खेलेका ऐरीले ८५ रनको औसतमा २ अर्धसतक पनि जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest