टी-२० फाइनल: दीपेन्द्र ऐरीको अर्धसतक, पीएनजीले पायो १६९ रनको लक्ष्य

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनायो । ओपनर कुशल भुर्तेलले २५(२२) तथा आसिफ शेखले २९(२९) रन जोडे ।

मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गरे ।

यस्तै रोहित पौडेलले २(३) रन मात्र बनाउन सके भने आरिफ शेख र दिलिप नाथ बिना खाता खोली पवेलियन फर्के । आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएर आउट भए ।

करण केसीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडे ।

ऐरी र करण केसी बिच सातौँ विकेटका लागि अविजित ५४ को रनको साझेदारीको फल स्वोरूप नेपालले १६८ रनको योगफल तयार पार्यो ।

पीएनजीका लागी सेमो कमेयाले सर्बाधिक ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest