क्यानले नियुक्त गर्‍यो जेनेरल म्यानेजरमा खनाल

नेपाल क्रिकेट संघ (क्यान)ले जेनेरल म्यानेजरमा वृतान्त खनाललाई नियुक्त गरेको छ ।

तत्कालिन जेनेरल म्यानेजर रौनक मल्लसँगको सम्झौता सकिएपछि क्यानले गत फेब्रुअरीमा जेनेरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको थियो ।

जसमा ३४ जनाको आवेदन परेकोमा आइतबार खनाललाई नियुक्त दिइएको हो ।

खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ ।

खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest