नेपाललाई २०२४ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो

नेपाललाई वरीयताका आधारमा २०२४ को विश्वकप छनोट खेल्ने अवसर बढेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सन् २०२४ मा हुने टी-२० विश्वकपको छनोट आधार तय गरेसँगै नेपालको सम्भावना प्रबल बनेको हो ।

सन् २०२४ देखि आईसीसीले टी-२० विश्वकपमा ४ टोली थप गर्दै २० राष्ट्रको सहभागिता सुनिस्चित गरेको हो ।

योसँगै विश्वकपमा २० टोलीले खेल्ने भएका छन । आयोजक वेष्ट इन्डिज र अमेरिका स्वत: छनोट भएका छन् ।

त्यसबाहेक सन् २०२२ मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपको शीर्ष ८ टोली सिधै छनोट हुनेछन् ।

त्यसबाहेक यसै वर्षको नोभेम्बर १४ सम्म टी-२० वरीयतामा उच्च रहेका २ टोली विश्वकपमा छनोट हुनेछन् ।

नेपाल हाल वरीयतामा १२ रहेको छ । नोभेम्बरसम्म आयोजकका रुपमा छनोट भईसकेको वेष्ट इन्डिजले शीर्ष ८ मा अटाएमा र नेपालले एक स्थान सुधार गर्दै ११ मा पुगेमा सोझै विश्वकपमा स्थान बनाउँनेछ ।

नेपालले विश्वकप खेल्ने अर्को विकल्प नेपालले एसिया क्षेत्रिय छनोट प्रतियोगिता हो । उक्त प्रतियोगिताको फाइनल पुगे २०२४ को विश्वकपमा नेपाललाई देख्न पाउँनेछ ।

बाँकी ८ राष्ट्रले आफ्नो क्षेत्रका राष्ट्रसँग क्षेत्रिय छनोट खेलेर विश्वकपको लागि स्थान बनाउँनेछन् । अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई-दुई राष्ट्रले विश्वकपमा स्थान पाउने छन् भने अमेरिका र पूर्वी एसिया प्यासिफिकबाटा एक-एक राष्ट्रले स्थान बनाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest