नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी बैशाखमा त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार उक्त शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभर र तीन टी-२० खेल खेल्ने तय भएको छ ।
बैशाख १७ गते सुरु भएको सिरिज १० दिन चल्नेछ । नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार जिम्बाबे ए मा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी समेत हुनेछन ।
नेपाल र जिम्बावेबीचको खेललाई कुन मान्यता दिने टुंग्गो लागिसकेको छैन ।
नेपाल र जिम्बावे ए बीच बैशाख १७, १९ र २१ मा तीन वटा एकदिवसीय खेल हुनेछन् ।
लगत्तै बैशाख २३, २४ र २६ मा नेपालले तीन टी-२० खेल खेल्नेछ ।