दोस्रो टी-२० खेलमा नेपाली महिला टिम युगान्डासँग १ विकेटले पराजित

युगान्डा बिरुद्धको पाँच टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाली महिला टिम युगान्डासँग १ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युगान्डाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार पार्यो । बिन्दु रावलले २६ रनको योगदान दिइन् । त्यसैगरी सरीता मगरले २२ रन र कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन । भर्खर सम्पन्न फेयरब्रेक टुर्नामेन्ट खेलेर फर्केकी सिता राना मगरले ६ मात्र बनाउन सकिन ।

बलिङमा युगान्डाकी जनेट एमबाबाजीले सर्वाधिक २ विकेट लिइन् ।

जवाफमा १०२ रनको लक्ष्य पछ्याएको युगान्डाले १९.५ ओभरमा ९ विकेट गुमाएर खेल जित्यो ।

युगान्डाको जितमा रीता एनयागेन्गोले ३० रनको योग्दान दिइन । पहिलो ओभरमा पहिलो विकेट गुमाएको युगान्डाले ९६ रन हुँदा ६ विकेट गुमाएको थियो ।

फ्रान्कलिन नाजुम्बाले १९ रन र जनेट एमबाबाजीले १६ रनको योग्दान दिदै खेललाई रोमान्चक जित दिलाउन सफल भए ।

नेपालका लागी कविता कुँवर र सब्नम राइले समान २ विकेट लिए भने सिता राना मगर र रुबिनाले १-१ विकेट लिए ।

जित संगै युगान्डाले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । तेस्रो खेल बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest