आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानबिरुद्ध ७ विकेटको शान्दार जित दर्ता गरेको छ ।
अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो ।
#Recap – 32 wickets in 15 matches for Karan KC with back to back five-for against Oman in #ICC #CWCL2. Karan becomes the leading wicket-taker for Nepal in the tournament, surpassing Sandeep Lamichhane's 29 wicket in 15 matches. #NEPvOMAN #KaranKC #Nepalcricket pic.twitter.com/0uZlAVVcnT
— cricnepal.com (@cricnepal) June 15, 2022
ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा ग¥यो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए । शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो । यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए ।
Comprehensive victory for Nepal against the Oman team. Having bowled out Oman for just 163 runs, Kushal and Aasif managed a century partnership, and Rohit finished the match with 26*. Earlier, Karan KC grabbed his second five-for in the tour. #NEPvOMAN #CWCL2 #nepalcricket pic.twitter.com/KdAqMDWllQ
— cricnepal.com (@cricnepal) June 15, 2022
बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए ।
बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । जितसँगै नेपाल अङ्कतालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ः१५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ ।