Recent Matches

Latest News

अफगानिस्तानी क्रिकेटर रासिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानले बिग ब्यास लिग छोड्ने भएका छन । अफगानिस्तानको आयरल्याण्डसँगको सिरिजका लागि उनीहरुले बिग ब्यास लिग विचमा नै छोडेर यूएई जाने भएका छन । त्यसमा रासिद खानले यो सिजनको बिग ब्यास लिगमा सोमबार राति अन्तिम खेल खेल्नेछन । अफगानिस्तानले यूएईमा आयरल्याण्डसँग एकदिवसिय सिरिज खेल्दैछ । यसअघि […]

अफगानिस्तानका स्पिनर मुजीब उर रहमानलार्ई कोरोना पोजेटिभ भएको छ । बिग ब्यास लिगमा ब्रिसबेन हिट्सबाट खेल्ने तयारीमा रहेका मुजिबको कोरोना परिक्षण हुँदा पोजेटिभ देखिएको छ । शुक्रबार ब्रिसबेनले मुजिबलाई कोरोना पोजेटिभ भएको बताएको छ । उनी बिग ब्यासका लागि अष्ट्रेलियाको क्विन्सल्याण्ड पुगेका थिए । त्यहाँ पुगेपछि गरेको परिक्षण उनलाई पोजेटिभ देखिएको बताएको छ । जसका […]

इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि फेरी टिमले आफ्ना खेलाडीलाई अनुबन्ध गर्ने क्रम सुरु भएको छ । यस्तैमा अफगानिस्तानी खेलाडी रासिद खानलाई ट्रेन्ट रकेट्सले भित्र्याएको छ । उनीसँगै एलेक्स हल्सलाई पनि रकेट्सले टिममा लिएको छ । २०२० मा नै हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । […]

आयरल्याण्ड विरुद्धको तीन टी २० खेलका लागि अफगानिस्तानले टिमको घोषणा गरेको छ । जसमा तिब्रगतिका बलर सापुर जार्दनले कमब्याक गरेका छन । सन् २०१८ को जुनमा अन्तिम पटक राष्ट्रिय टिमबाट खेलेका उनले १५ खेलाडीको सूचीमा आफुलाई अटाएका छन । घरेलु प्रतियोगितामा राम्रो गरेपछि उनले राष्ट्रिय टिममा कमब्याक गरेका हुन । यस्तै गत बर्षको फेब्रेवरीबाट राष्ट्रिय […]

विश्वकपको डेब्यु प्रतियोगितामा एक खेलपनि नजिती बाहिरीएपछि अफगानिस्तान क्रिकेट बोर्डले फेरी टिमको कप्तान परिवर्तन गरेको छ । विश्वकप अगाडी नियमित कप्तानलाई हटाएर नयाँ कप्तान घोषणा गरेको बोर्डले विश्वकपमा खराव प्रदर्शनका कारण रासिद खानलाई सबै फरम्याटको कप्तानको जिम्मेवारी दिएको छ । रासिदले दोस्रो पटक अफगानिस्तान टिमको कप्तानी गर्ने भएका छन । यसअघि उनले टी २० विश्वकपमा […]

आइसीसी एकदिवसिय विश्वकपमा घरेलु टिम इंग्ल्याण्डले चौथो जित निकालेको छ । आज भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई एक सय ५० रनले हरायो । वल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ९७ रन बनायो । सुरुवात मध्यम गरेपनि इंग्ल्याण्डका मध्यक्रमका खेलाडीले बलियो प्रदर्शन गरे । पहिलो विकेटका लागि जेम्स […]

आइसीसी एकदिवसिय विश्वकपमा इंग्ल्याण्डले अफगानिस्तानलाई तीन सय ९८ रनको लक्ष्य दिएको छ । वल्र्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ९७ रन बनायो । सुरुवात मध्यम गरेपनि इंग्ल्याण्डका मध्यक्रमका खेलाडीले बलियो प्रदर्शन गरे । पहिलो विकेटका लागि जेम्स भिन्स र जोनी ब्रेस्ट्रो विच ४४ रनको साझेदारी भएको […]

आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध घरेलु टोलि इंग्ल्याण्डले पहिला ब्याटिङ गर्ने भएको छ । जारी प्रतियोगिता इंग्ल्याण्डले तीन खेल जितेको छ भने अफगानिस्तान अहिलेसम्म जित विहीन छ । आजको खेलमा इंग्ल्याण्डका घाइते व्याट्सम्यान जोसन रोयका स्थानमा जेम्स भिन्स प्लेयिङ सेटमा परेका छन् । फास्ट बलर लियम प्लङकटको ठाउँमा स्पीन अलराउण्डर मोइन अली टिममा परेका छन् । […]

आइसीसी एकदिवसिय विश्वकपमा अहिले दक्षिण अफ्रिका र अफगानिस्तान विच प्रतिस्पर्धा भइरहेको छ । जसमा टस हारेको अफगानिस्तानले ब्याटिङको निम्तो पाएको छ । दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजबिरुद्धको खेल वर्षाले रद्ध भएको थियो । सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानबिरुद्ध जित अत्यावश्यक छ । तर त्यसका […]

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो । इंग्ल्याण्डको ब्रिस्टोलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले […]

Team Information

  • Abbreviation AFG

Current Squad