Recent Matches

Latest News

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ । फाइनलमा विभागिए टिम एपीएफलाई ६ रनले हराउँदै पहिलो पटक यो प्रतियोगिताको उपाधि उचालेको हो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो । राम्रो सुरुवात गरेको प्रदेश एकले पहिलो […]

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले विभागिए टिम एपीएफलाई एक सय ६ रनको लक्ष्य दिएको छ । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो । राम्रो सुरुवात गरेको प्रदेश एकले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर त्यसपछि […]

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागिए टिम एपीएफ र प्रदेश एक भिड्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानमिा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर एक बलमा मात्र ५२ रनमा अलआउट […]

गण्डकी प्रदेशलाई एक सय ४० रनले हराउँदै प्रदेश एक सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाउँदै १ सय ४७ रन बनायाे । उसका लागि विकेटकिपर काजल श्रेष्ठले […]

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले लगातार दोस्रो जित निकालेको छ । आज (बुधबार) भएको खेलमा प्रदेश एकले सुदुरपश्चिम प्रदेशलाई पाँच विकेटले हरायो । यो जितसँगै प्रदेश एकले समुह बी बाट सेमिफाइनल नजिक पुगेको छ । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरले १६ ओभरमा झारीएको खेलमा ८ विकेट गुमाउँदै […]

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता प्रदेश एकले विजयी सुरुवात गरेको छ । आज (मंगलबार) भएको खेलमा प्रदेशले बागमती प्रदेशलाई ४६ रनले हरायो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६ रन बनायो । उसका लागि रुवीनाबाहेक अप्सरी बेगमले मात्र दोहोरो […]

Team Information

Current Squad